तत्काल एक लाखभन्दा महँगा मोबाइल ब्लक हुँदै


 


काठमाडौं, कार्तिक १९ । नेपाल दूरसञ्चार प्राधिकरणले अनाधिकृत रूपमा नेपालमा भित्रिएका ५० लाख हाराहारीका फोनसेट ब्लक गर्ने तयारी गरेको छ ।

प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालका अनुसार अनधिकृत रूपमा नेपाल भित्रिएका एक लाख ५० हजार रुपैयाँभन्दा महँगा फोनहरू ब्लक गरिँदैछ ।

खनालका अनुसार नेपालमा अनाधिकृत रूपमा एक लाखभन्दा महँगा फोनहरू करिब १५ हजारको हाराहारीमा बजारमा भएको अनुमान छ । यसलाई अब बन्द गर्ने प्रक्रिया अगाडि बढाइएको छ ।

त्यस्तै, यसअघि रोकिएको मोबाइल उपकरण व्यवस्थापन प्रणाली (एमडीएमएस) कार्यान्वयनमा थप कडाइ गर्न लागेको समेत उनले जानकारी दिए ।

एमडीएमएसमा दर्ता नभएका करिब ५० लाख फोनमध्ये पहिलो चरणमा आइफोन लगाएत महँगा फोन ब्लक गरी सो प्रणाली कार्यान्वयनमा ल्याउन लागिएको हो ।

प्राधिकरण अध्यक्ष खनालले भोलिदेखि अनधिकृत रूपमा नेपालमा आएका मोबाइल ब्लक हुने जानकारी दिए ।

प्रकाशित मिति: १९ कार्तिक २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्