नेपालमा पहिलोपटक भित्रियो हाइड्रोजन कार


 


काभ्रेपलाञ्चोक, कात्तिक १९ । काठमाडौँ विश्वविद्यालय ९केयू० ले नेपालमा पहिलो पटक ‘हाइड्रोजन कार’ भित्र्याएको छ ।

विश्वविद्यालयले शनिवार कोरियामा बनेको हुण्डाइ कम्पनीको हाइड्रोजन कार ल्याएको हो । केयूले नेपाल आयल निगमको सहयोगमा उक्त कार खरिद गरी नेपाल भित्र्याएको विश्वविद्यालको ग्रीन हाइड्रोजन ल्यावका प्रमुख डा. बिराजसिं थापाले जानकारी दिए ।

उनका अनुसार केयूले उक्त हाइड्रोजन कार ३३ हजार अमेरिकी डलर अर्थात नेपाली ४३ लाख ८९ हजार रुपियाँमा खरिद गरेको हो ।

काठमाडौँ विश्वविद्यालय सभाको ९० औँ बैठकले समेत हाइड्रोजनलाई बैकल्पिक इन्धनको रुपमा प्रयोग गर्न हाइड्रोजन उत्पादनको अनुसन्धान तथा ल्याव (प्रयोगशाला) स्थापना गर्ने निर्णय गरेको थियो ।

केयूमा आएको हाइड्रोजन कारको तिहारपछि प्रधानमन्त्रीद्वारा उद्घाटन गराउने तयारी गरेको गरिएको छ ।

प्रकाशित मिति: १९ कार्तिक २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्