दुई इन्टरनेट सेवा प्रदायक संस्थाको अनुमति खारेज


 


काठमाडौं, कार्तिक २१ । नेपाल दूरसञ्चार प्राधिकरणले दुई इन्टरनेट सेवा प्रदायक संस्थाको अनुमति पत्र खारेज गरेको छ।

प्राधिकरणले इमेलसहितको इन्टरनेट सेवाका लागि अनुमति प्राप्त दुई सेवा प्रदायक गल्कोट लिंक प्रालि, बागलुङ र सुर्खेत केबल नेट टिभी प्रालि, वीरेन्द्रनगरको अनुमति पत्र खारेज गरेको हो।

दुबै कम्पनीले नवीकरणका लागि समयावधि भित्र नियमानुनसार निवेदन पेश नगरेकाले स्वतः अनुमति पत्र खारेज गरेको प्राधिकरणले आज सार्वजनिक सूचनामार्फत जानकारी दिएको छ।

यसका साथै ती कम्पनीहरुले सरकारलाई नियमानुसार बुझाउनु पर्ने बाँकी बक्यौता रकमका सम्बन्धमा आजदेखि ३० दिनभित्र प्राधिकरणको कार्यालयमा सम्पर्क राख्न पनि भनिएको छ।

अन्यथा प्रचलित कानुन अनुसार कार्यवाही प्रक्रिया अगाडि बढाइने प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति: २१ कार्तिक २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्