डिशहोमको अफरमा बोहराले जिते १ लाख पुरस्कार


 


काठमाडौँ, कार्तिक २२ । डिसहोमले सञ्चालन गरेको ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ योजना अन्तर्गत २५१८८९१५६९ कास आईडीका ग्राहक आन सिंह बोहराले नगद रु एक लाख जितेका छन् ।

डिशहोमले दशैँ तिहारलाई लक्षित गर्दै ल्याएको योजना अन्तर्गत कात्तिक २० गते सोमवार भएको लक्की ड्र मार्फत बोहराले नगद रु एक लाख जितेका हुन् ।

यस योजना अन्तर्गत डिशहोमको नयाँ जडान अथवा रिचार्जमा ग्राहकहरुले हरेक हप्ता लक्की ड्र मार्फत नगद रु एक लाख प्राप्त गर्न, मिडिया कभरेज प्राप्त गर्न र सेलिब्रेटी झैँ जीवनशैली अनुभव गर्न सक्नेछन् ।

त्यस्तै यस अभियानका बम्पर विजयी ग्राहकले सिजनकै मेगास्टार बन्ने मौका प्राप्त गर्नेछन् ।

जसमा नगद रु दश लाख, मिडियामा प्रसिद्धी र सेलिब्रेटी झैँ जीवनशैलीको अनुभव पनि गर्न पाउनेछन् ।

यस अभियानमा सहभागी हुनका लागि ग्राहकहरुले डिशहोमको नयाँ कनेक्सन वा डिशहोम रिचार्ज गर्नुपर्ने हुन्छ ।

प्रकाशित मिति: २२ कार्तिक २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्