दक्षिण कोरियामा रोबोर्टले मान्छे मार्यो


 


काठमाडौं, कार्तिक २४ । दक्षिण कोरियामा रोबोर्टको परीक्षणका क्रममा एक जना मारिएका छन् ।

दक्षिण कोरियाली समाचार एजेन्सी योनहापका अनुसार परीक्षणका क्रममा रोबोर्टले मानिसको हत्या गरेको हो ।

खुर्सानीको डब्बालाई उठाएर ‘प्यालेट’मा राख्नका लागि उक्त रोबोट परिचालन गरिएको थियो । तर, रोबोर्टले मानिस र डब्बाबिच अन्तर छुट्याउन नसक्दा एक कर्मचारीलाई नै खुर्सानीको डब्बाझैँ समातेर ‘कन्वेयर बेल्ट’ मा धकेलिदिएको थियो । जसका कारण ती व्यक्तिको मृत्यु भएको हो ।

गम्भीर घाइते अवस्थामा अस्पतालमा लगिएका ती व्यक्तिको मृत्यु भएको बताइएको छ ।

समाचार एजेन्सीहरुका अनुसार ती व्यक्ति ८ नोभेम्बरमा दक्षिण ग्योङसाङ प्रान्तमा रोबोर्टको सेन्सर सञ्चालनसम्बन्धी जाँच गरिरहेका थिए ।

प्रकाशित मिति: २४ कार्तिक २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्