प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सद्धारा भुकम्प पीडितलाई आर्थिक सहयोग


 


काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले जाजरकोट केन्द्रबिन्दु भएर गएको भुकम्पका पीडितहरुलाई आर्थिक सहयोग प्रदान गरेको छ ।

इन्स्योरेन्सले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत १० लाख रकम सहयोग गरेको हो ।

इन्स्योरेन्सले प्रधानमन्त्री दैवि प्रकोप सहायता कोषमा रकम प्रदान गरेको इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले जानकारी दिनुभयो ।

प्रकाशित मिति: २४ कार्तिक २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्