काठमाडौं महानगरमा रोजगारीको अवसर, २३० जना कर्मचारी माग


 


काठमाडौं मंसिर १६ । काठमाडौं महानगरले सुपरीवेक्षक तथा गणक करारमा लिने भएको छ ।

महानगरपालिकाले गरीव घर–परिवार पहिचानका लागि तथ्याङ्क संकलन गर्न सुपरीवेक्षक तथा गणक करारमा लिने भएको हो ।

शनिवार एक सूचना जारी गर्दै महानगरले तथ्यांक संकलन गर्नका लागि २१ जना सुपरीवेक्षक तथा २ सय ९ जना गणक गरी २३० जना कर्मचारी माग गरेको छ ।

नेपाल सरकार, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट प्राप्त आर्थिक वर्ष २०८०र०८१ का लागि स्वीकृत बजेट तथा कार्यक्रम अनुसार काठमाडौं महानगरपालिकाभित्र गरिब घर परिवार पहिचान तथा परिचय पत्र वितरण कार्यक्रमका लागि ट्याब्लेटमार्फत तथ्यांक संकलन तथा सुपरीवेक्षण गर्ने महानगरले जानकारी दिएको छ ।

आवेदकले सूचना जारी भएको २१ दिनभित्र आवेदन दिन सक्ने महानगरले जनाएको छ ।

प्रकाशित मिति: १६ मंसिर २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्