नेको इन्सुरेन्सद्वारा बीमित भूकम्पपीडितहरुको दाबी रकम हस्तान्तरण


 


काठमाडौं, मंसिर १७ । नेको इन्सुुरेन्स लिमिटेडले जाजरकोट र दैलेखका बीमित भूकम्पपीडितहरुको दाबी रकम हस्तान्तरण गरेको छ ।

यसक्रममा नेको इन्सुरेन्सले शनिबार जाजरकोटका बीमित भूकम्पपीडितहरुको दाबी रकम हस्तान्तरण गरेको छ ।

जाजरकोटमा जिल्ला समन्वय समितिका प्रमुख कालीबहादुर खत्रीको प्रमुख आतिथ्य तथा भेरी नगरपालिकाका उपप्रमुख मिना जैसीको आतिथ्य बीमित भूकम्पपीडितहरुलाई दावी रकम हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा बक्ताहरुले नेको इन्सुरेन्सले समय मै दावी भुक्तानी गरेकोमा कम्पनीको प्रशंसा गर्दै धन्यवाद ब्यक्त गरेका थिए । उक्त कार्यक्रममा जाजरकोट उद्योग वाणिज्य संघका अध्यक्ष रमेश केसी, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरुलगायतको उपस्थिति रहेको थियो ।

सो कार्यक्रम नेको इन्सुरेन्सका कर्णाली प्रदेश प्रमुख रमेश राज शर्माको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कम्पनीले विनासकारी भूकम्पबाट क्षति भई भुक्तानी दावी पर्न आएका सम्पूूर्ण दावीहरुको भुक्तानी गरिसकिएको जनाएको छ । कम्पनीका प्रतिनिधिहरुले घटनास्थलमा नै गएर दैलेख र जाजरकोटका सम्बन्धित पीडितहरुलाई दावी भुक्तानी गरेका छन् ।

प्रकाशित मिति: १७ मंसिर २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्