किन मधेसी मोर्चाका नेताले दाहाल र देउवासँग भेट गर्दैछन  ?


 


काठमाडौँ, पुस २

मधेसी मोर्चाले आज प्रधानमन्त्री पुष्पकमल दाहाल र काग्रेस सभापति शेरबहादुर देउवासँग छुट्टा छुट्टै भेटवार्ता गर्दै छ ।

संसदमा दर्ता भएको संबिधान संसोधन प्रस्ताव तत्काल अघि बढाउने बिषयमा ध्यानाकर्षण गराउन प्रधानमन्त्री दाहाल र काग्रेस सभापति देउवासँग भेटवार्ता गर्न लागिएको तमलोपा अध्यक्ष महन्त ठाकुरले बताए ।

एमालेको बिरोधका कारण संसोधन प्रक्रिया स्थगित गरेर निर्वाचनको तयारीमा जानेबारे प्रमुख तीन दलबीच संबैधानीक सहमती भएको समाचार सार्वजनिक भएपछि सत्तारुढ दलको धारणा बुझ्न प्रधानमन्त्री दाहाल र सभापति देउवासँग भेटवार्ता गर्न लागिएको मोर्चाले जनाएको छ ।

मधेसी मोर्चा नेताले आज अपराह्न ४ बजे कांग्रेस सभापति देउवालाई सिंहदरबारमा र त्यसपछि प्रधानमन्त्री दाहाललाई भेट्ने कार्यक्रम रहेको अध्यक्ष ठाकुरले बताए  ।

प्रधानमन्त्री आज चितवन जाने भएकाले त्यताबाट फर्किएपछि मात्रै मोर्चाका नेताहरुसँग भेटवार्ता हुने छ ।

मोर्चाले आफ्ना माग संबोधनका लागि संबिधान संसोधन प्रस्तावलाई तत्काल अघि बढाई त्यसलाई निश्कर्षमा पुर्याएर मात्रै निर्वाचनको घोषणा गर्नुपर्ने अडान राखेको छ । यथास्थितीमा निर्वाचनको घोषणा गरिए कडा आन्दोलन गर्ने मोर्चाको चेतावनी पनि छ ।

प्रकाशित मिति: २ पुस २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्