एनसेल प्रकरणकाे अध्ययन गर्न उच्चस्तरीय समिति गठन


 


काठमाडौँ, मंसिर २१ । सरकारले एनसेलको सेयर खरिद बिक्रीका विषयमा अध्ययन गर्न पाँच सदस्यीय उच्चस्तरीय समिति गठन गरेको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वमहालेखा परीक्षक टंकमणि शर्माको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको हो ।

समितिको सस्यहरूमा नेपाल सरकारका सचिव फणिन्द्र गौतम, सहसचिव बाबुराम भण्डारी, सहसचिव हृदयेशकुमार शाक्य, आइक्यानका अध्यक्ष सुजनकुमार काफ्ले रहने सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

उनका अनुसार समितिलाई ३० दिनको समयवधि दिइएको छ ।

प्रकाशित मिति: २१ मंसिर २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्