संविधान संशोधन गर्दै कार्यान्वयन गरौँ- भट्टराई


 


गोरखा , पुस  ३

नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले मधेसी, थारु, आदिवासी जनजाति, महिला र दलितका अधिकार अपूर्ण रहेको जनाउँदै संविधान संशोधन गरी कार्यान्वयनमा सबै जुट्नुपर्ने बताएका छन ।

नयाँ शक्ति विद्यार्थी युनियनले आज गोरखा क्याम्पसमा गरेको ‘विद्यार्थीसँग डा बाबुराम भट्टराई’ शीर्षक अन्तक्र्रियालाई सम्बोधन गर्दै भट्टराईले संविधान जारी भएको १६ महिना बिते पनि कार्यान्वयन नभएकामा चिन्ता व्यक्त गरे ।

मधेसवादी शक्तिलाई पनि सहमतिमा ल्याएर संविधान संशोधन गरी कार्यान्वयनमा जानुपर्ने भट्टराईको भनाई थियो । नेपालप्रति जिम्मेवार भएर सबै जाति, समुदायलाई अधिकार सम्पन्न बनाउँदै दिगो विकास गर्नेतर्फ जुट्न सबैलाई भट्टराईले आग्रह गरेका छन ।

संविधान संशोधन गरेर प्रत्यक्ष कार्यकारी राष्ट्रपति प्रणालीमा पक्षमा जानुपर्ने भट्टराईले बताएका छन । राज्यले आवश्यक बजेटको व्यवस्था गरी शिक्षामा लगानी वृद्धि गर्नुपर्ने बताए ।

प्रकाशित मिति: ३ पुस २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्