प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको सम्बृद्ध (सावधिक) जीवन बीमा, यस्ता छन् विशेषता


 


काठमाडौं । आम्दानीको सुनिश्चितता छैन भने भविष्यको लागि आजकै आम्दानीबाट एकमुष्ट रकम जम्मा गरी आर्थिक जोखिम बहन गर्न प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले ल्याएको छ सम्बृद्ध (सावधिक) एकल भुक्तानी जीवन बीमा योजना ।

जीवन जोखिम युक्त छ, अनि अनिश्चित पनि । जीवन बीमाले आर्थिक जोखिम र अनिश्चितताको बीचमै पनि सुनिश्चितता प्रदान गर्दछ ।

साथै आजको आम्दानीको केही अंश भविष्यको लागि बचत गर्नु र बचतको लागि जीवन बीमा गर्नु सर्वोत्तम उपाय हो । सम्बृद्ध (सावधिक) एकल भुक्तानी जीवन बीमा योजना एकमुष्ट बीमा शुल्क भुक्तानी गरी बीमा अवधि भरी निश्चितता प्रदान गर्ने सावधिक जीवन बीमा योजना हो ।

बीमा अवधिभर आर्थिक जोखिम बहन गर्नुको साथै बीमा अवधि समाप्तिमा बीमाङ्क रकम र पूरा अवधिको आर्जित बोनस एकमुष्ट भुक्तानी गरिन्छ ।

विशेषता
१६ देखि ६५ वर्ष उमेर समुहका व्यक्ति यो जीवन बीमा योजनामा सरिक हुन सक्नेछन् । न्यूनतम रु.२५,००० देखि आयस्रोतको आधारमा जति पनि बीमाङ्क रकमको बीमा गर्न सकिनेछ । यस जीवन बीमा योजनामा आफ्नो उमेरको आधारमा ५ वर्ष देखि ५४ वर्षसम्मको बीमा अवधि छनोट गर्न सकिनेछ ।

एकल भुक्तानी यो जीवन बीमा योजनाको मुख्य विशेषता हो । सम्बृद्ध (सावधिक) जीवन बीमा योजनाको परिपक्क उमेर अधिकतम ७० वर्षको रहेको छ ।

बीमा अवधि समाप्तिमा बीमाङ्क रकम र आर्जित बोनस बीमित स्वयंले एकमुष्ट पाउने छन् । तर यदि बीमा अवधि भित्र बीमितको असामहिक निधन भएमा बीमाङ्क रकम र आर्जित बोनस बीमितले इच्छाइएको व्यक्तिले प्राप्त गर्नेछन् ।

जीवन चक्रको दौरान आर्थिक हिसाबले असहज परिस्थितिमा बीमालेख धितो राखि ऋण लिन सकिने सुविधा रहेको यो योजनामा समर्पण समेत गर्न सकिने व्यवस्था रहेको छ ।

ऐच्छिक सुविधाहरु
दुर्घटना मृत्यु लाभ (ADB)
बीमाङ्क रकम बराबर वा बढिमा रु.१,००,००,००० बीमाङ्क सम्मको दुर्घटना मृत्यु लाभ (ADB) ऐच्छिक सुविधा लिन सकिनेछ ।

पूर्ण तथा स्थायी अपाङ्ग असक्त सुविधा (PTD)
बीमाङ्क रकम बराबर अथवा बढिमा रु.१,००,००,००० बीमाङ्क सम्मको पूर्ण तथा स्थायी अपाङ्ग असक्त सुविधा (एत्म्) लिन सकिनेछ ।

घातक रोग रक्षावरण सुविधा (CI)
बीमाङ्क रकम बराबर अथवा बढिमा रु.५०,००,००० बीमाङ्क सम्मको घातक रोग रक्षावरण सुविधा (CI) लिन सकिनेछ ।

उदाहरण
यदि ३० वर्षको व्यक्तिले १५ वर्ष अवधि रु.१०,००,००० को बीमा गर्दछ भने आजको दिनमा रु.६,५७,५०० एकमुष्ट प्रिमियम भुक्तानी गर्नु पर्ने हुन्छ ।

दुर्घटना मृत्यु लाभ (ADB) सुविधा थप गर्दा रु.६,६८,१५० एकमुष्ट प्रिमियम भुक्तानी गर्नु पर्ने हुन्छ ।
पूर्ण तथा स्थायी अपाङ्ग असक्त सुविधा (PTD) थप गर्दा रु.६,७३,४७० एकमुष्ट प्रिमियम भुक्तानी गर्नु पर्ने हुन्छ ।

र माथि उल्लेखित सबै ऐच्छिक सहित घातक रोग उपचार खर्च (CI) सुविधा थप गर्दा रु.६,९८,५६० एकमुष्ट प्रिमियम भुक्तानी गर्नु पर्ने हुन्छ ।

मूल बीमालेखमा घातक रोग रक्षावरण (CI) सुविधा मात्र थप गर्दा रु.६,८२,५९० एकमुष्ट प्रिमियम भुक्तानी गर्नु पर्ने हुन्छ ।

पटक पटक बीमाको किस्ता भुक्तानी गर्दा हुने झन्झटबाट मुक्त हुन आम्दानी भएको बेलामा सुरुमै एकमुष्ट रकम भुक्तानी गर्ने प्रभु महालक्ष्मी लाइफको सम्बृद्ध (सावधिक) एकल भुक्तानी जीवन बीमा योजना छनोट उत्कृष्ट सवित हुनेछ ।

प्रकाशित मिति: २४ मंसिर २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्