आदिवासी जनजातिको महाधिवेशनमा तालाबन्दी 



चितवन , पुस ३

प्रतिनिधि विवादका कारण नेपाल आदिवासी जनजाति महासंघको नवौं केन्द्रीय महाधिवेशनमा प्रतिनिधिहरुले तालाबन्दी गरेका छन् । चितवनको नारायणगढ स्थित नारायणी कला मन्दिरमा बन्दसत्र शुरु हुन नपाउँदै आदिवासी जनजाती प्रतिनिधिहरुको तालाबन्दी, धर्ना र विरोधका कारण शुरु गरेका छन्।

जिल्ला समन्वय परिषदलाई प्रतिनिधि चयन नगरेको  र दनुवार जातिबाट गैरकानुनी रुपमा प्रतिनिधि छनोट गरेको आरोपमा महाधिवेशनमा प्रतिनिधिहरुले तालाबन्दी गरेका हुन् ।

दनुवार जाती केन्द्रीय संघर्ष समितिले कार्यक्रमस्थलमा धर्ना सहित विरोधका कार्यक्रम शुरु गरका छन् भने नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषदले तालाबन्दी गरेको हो।

बन्दसत्रका लागि आयोजकले हलभित्र प्रवेश गर्न आह्वान गरेलगत्तै अपरान्ह पौने ३ बजेबाट असन्तुष्ट प्रतिनिधिहरुले ताला लगाएका थिए। तालाबन्दीका कारण आदिवासी जनजाति नेताहरु हलभित्रै थुनिएका छन् ।

आदिवासी जनजातस महासंघ जिल्ला समन्वय परिषद धनकुटाका अध्यक्ष सञ्जय सन्तोषि राईले आफुहरुले बिभिन्न माग राखेर महासंघलाई सुझाव समेत बुझाएको बताए। उनीहरुले चर्का नारावाजी गर्दै कार्यक्रम स्थलमा अहिले प्रदर्शन गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News