एनसेलको सेयर बिक्रीविरुद्धको रिट निवेदन न्यायाधीश शर्माको इजलासमा


 


काठमाडौँ, मंसिर २५ । एनसेलको सेयर बिक्री सम्बन्धमा सांसद अमरेशकुमार सिंहले दायर गरेको रिट निवेदन सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्माको एकल इजलासमा पेसी तोकिएको छ ।

सांसद सिंहले रिट निवेदनमा नेपालको कानुनी प्रक्रिया छलेर राज्यलाई हानि पुग्ने गरी अपारदर्शी तवरमा एनसेलको सेयर खरिद–बिक्री भएको दाबीसहित त्यसलाई रोक्न माग गर्दै सर्वोच्च्मा रिट दायर गरेका छन् ।

शुक्रबार दायर उक्त रिट निवेदनमाथि सुनुवाइका लागि आइतबार पनि पेसी तोकिएको थियो ।

न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा पेसी तोकिए पनि ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो ।

प्रकाशित मिति: २५ मंसिर २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्