२ दिनभित्र राजनीतिक गतिरोध अन्त्य गर्ने  नेताहरुको प्रतिवद्धता


 


काठमाडौं , पुस ४

सभामुख ओनसरी घर्तीसामू प्रमुख प्रतिपक्षी एमालेसहित नेपाली कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताहरुले मुलुकलाई निकास दिन अव ढिलाई नगर्ने बचन दिएका  छन् । प्रमुख तीन दलले २ दिनभित्र राजनीतिक गतिरोध अन्त्य गर्ने प्रतिवद्धता जनाएका हुन् ।

संसदको गतिरोध अन्त्य गर्न सभामुख घर्तीले सोमबार आहृवान गरेको बैठकमा सत्तापक्ष र प्रतिपक्ष संविधान संशोधन प्रस्ताव फिर्ता लिने/नलिने आ-आफ्नै अडानमा कायम रहेपनि वार्तामार्फत समस्या समाधान गर्न भने सहमत देखिएका हुन् ।

बैठकको सुरुमै प्रधानमन्त्री दाहालले निर्वाचनमा जान पनि संविधान संशोधन प्रस्ताव ल्याउनु परेको भन्दै विपक्ष एमालेलाई सरकारको बाध्यता बुझिदिन आग्रह गरे । जवाफमा एमाले अध्यक्ष ओलीले राष्ट्रघाती संविधान संशोधन विधयेक फिर्ता नभई अघि बढन नसकिने अडान राखेका थिए ।

बैठकमा नेताहरुले आ-आफनै अडान राखे पनि २ दिनभित्र समस्या समाधान हुने गरी वार्तामा बस्ने सहमति भएको नेकपा माओवादी केन्द्रका नेता एवम उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले जानकारी दिए ।

प्रकाशित मिति: ४ पुस २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्