दुर्घट्नामा एक जनाको मृत्यु


 


काभ्रेपलाञ्चो, पुस ५

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका-४ तीनपिप्लेमा सोमबार टिपरले थिचेर एक शिक्षकको मृत्यु भएको छ। काठमाडौँबाट पाँचखालतर्फ जाँदै गरेको बा ३ ख ६६६९ नं को टिपर पल्टिएर थिचिँदा पात्लेखेतगाविस स्थित ठाकुर निमाविमा कार्यरत शिक्षक कृष्ण त्रिपाठीको मृत्यु भएको काभ्रेपलाञ्चोकका प्रहरी उपरीक्षक सहकुल थापाले जानकारी दिए।
सडक छेउमा बसेका शिक्षक त्रिपाठीलाई पल्टिएको टिपरले थिचेको थियो। त्रिपाठी पाँचखाल नगरपालिका २ बस्ने बासिन्दा हुन्।

प्रकाशित मिति: ५ पुस २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्