अभिनेता प्रदीप खड्काले खोले रेस्टुरेन्ट


 


काठमाडौँ, पुस १६ । अभिनेता प्रदीप खड्काले रेस्टुरेन्ट व्यवसाय सुरु गरेका छन् ।

उनले अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर काठमाडौँस्थित गैरीधारामा ‘प्याराडाइज गार्डेन रेस्टुरेन्ट’ सुरु गरेका हुन् ।

नीलसरस्वती मार्गमा रहेको रेस्टुरेन्टमा आइतबार साँझ ‘न्यू इयर इभ २०२४’ कार्यक्रम समेत गरिएको छ ।

उक्त अवसरमा प्रदीपले फ्यानहरूसँग प्रत्यक्ष साक्षात्कार कार्यक्रम राखेका थिए । २ करोडमाथिको लागतमा खुलेको रेस्टुरेन्ट उनले पा पार्टनरसिपमा खोलेका हु् ।

प्रकाशित मिति: १६ पुस २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्