दुर्घट्नामा एक जनाको मृत्यु


 


चितवन, पुस ६

चितवनको रत्ननगर नगरपालिका–३ शान्तिचोकमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । गएराति करिब ८ बजेको समयमा भएको सो दुर्घटनामा परी मोटरसाइकल चालक खैरहनी निवासी २४ वर्षीय सङ्गम सापकोटाको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

पूर्वबाट भरतपुरतर्फ आउँदै गरेको ना ४ ख ९१२३ नम्बरको ट्रकले सोही दिशातर्फ आउँदै गरेको ना ४२ प ४८५१ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा सो दुर्घटना भएको थियो ।

ठक्करबाट गम्भीर घाइते भएका सापकोटाको चितवन मेडिकल कलेजमा उपचारका क्रममा राति नै मृत्यु भएको हो। ट्रक र चालकलाई भने नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ६ पुस २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्