प्रज्ञा साहित्यिक पत्रकारिता पुरस्कार घिमिरे र श्रेष्ठलाई


 


काठमाडौँ, पुस २० । प्रज्ञा–प्रतिष्ठानले प्रज्ञा साहित्यिक पत्रकारिता पुरस्कार वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरे र रुक्मिणी श्रेष्ठलाई दिने निर्णय गरेको छ ।

प्रतिष्ठानको हालै बसेको बैठकले प्रज्ञा नेपाली भाषा साहित्यिक पत्रकारिता पुरस्कार वरिष्ठ साहित्यिक पत्रकार घिमिरे र ‘प्रज्ञा नेपाली मातृभाषा साहित्यिक पत्रकारिता पुरस्कार’ वरिष्ठ साहित्यिक पत्रकार श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरेको हो ।

सात दशकदेखि साहित्यिक पत्रकारितामा निरन्तर योगदान गर्दै आएका घिमिरेले २०१८ साल ज्येष्ठ २ गतेबाट रचना साहित्यिक द्वैमासिक पत्रिकाको सम्पादक र प्रकाशक रही साहित्यिक पत्रकारिता यात्रारम्भ गरेका थिए । रचना अहिलेसम्म पनि निरन्तर प्रकाशित भइरहेको छ ।

यसैगरी पाँच दशक साहित्यिक पत्रकारितामा समर्पित श्रेष्ठ नेपाल भाषामा प्रकाशित हुँदै आएको ‘थौंकन्हे’ साहित्यिक मासिकमा २०४५ सालदेखि आबद्ध रहेकी छन् ।

दुवै पुरस्कारको राशि जनही रु ५०,००० ९पचास हजार० रुपैयाँ रहेको छ । पुरस्कार यही पुस २९ गते प्रदान गरिने नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव डा।धनप्रसाद सुवेदीले जानकारी दिए ।

प्रकाशित मिति: २० पुस २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्