मुलुकलाई निकास दिने विषयमा एमाले बाधक नबन्ने -देउवा


 


काठमाडौं,   पुस ६

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केहिदिन भित्रै संसदको अबरोध र मुलुकको राजनीतिक संक्रमण अन्त्य हुने दाबी  गरेका छन । बुढानीलकण्ठ स्थित आफ्नै निवासमा आज कलाकार तथा चलचित्रकर्मीहरुलाई पार्टीमा प्रवेश गराउँदै सभापति देउवाले छिट्टै मुलुकले निकास पाउने  बताए ।

संविधान कार्यान्वयन र निर्वाचन गराउन अबरुद्ध संसद् खुलाउने प्रयास भइरहेको भन्दै देउवाले मुलुकलाई निकासा दिने विषयमा प्रमुख प्रतिपक्षी नेकपा एमाले बाधक नबन्ने विश्वास ब्यक्त गरे ।

कलाकार तथा चलचित्रकर्मीहरु रमेश बुढाथोकी, रामकेशर बोगटी, पुष्कर लामा, नम्रता योगी, बिपना बस्नेतलगायतलाई टीका र माला लगाएर सभापति देउवाले पार्टी प्रवेश गराए ।

प्रकाशित मिति: ६ पुस २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्