चोरी गर्ने पक्राउ


 


काठमाडौं, पुस ६

राजधानीमा मंगलबार दुई ठाँउबाट साँढे १६ लाख रुपैयाँ चोरी भएको छ । काठमाडौंको महाराजगंजमा दिलबहादुर नेपालीको घरबाट १४ लाख र सूर्यविनायकमा भगवान खत्रीको घरबाट साँढे दुई लाख रुपैयाँ चोरी भएको हो।

नेपालीको घरको तेस्रो तल्लाको कोठाको दराजमा राखिएको ९ तोला सुन र पलंगको सिरानीको घर्रामा राखिएको ९ लाख रुपैयाँ गरी १४ लाख रुपैयाँ चोरी भएको प्रहरीले जनाएको छ।

यसैगरी सूर्यविनायकको शिववस्तीमा रहेको खत्रीको घरमा कोही नभएको मौका पारेर मुल ढोकाको ताल्चा फोडेर १० हजार रुपैयाँ नगद र सुनका गरगहनाहरु गरी दुई लाख ४७ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको हो।

चोरीमा संलग्न दोलखा सैलुङेश्वरी घर भई सल्लाघारी बस्ने अर्जुनबहादुर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

प्रकाशित मिति: ६ पुस २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्