यात्रीबस दुर्घटना, तीनको मृत्यु



काठमाडौं, पुस ७

दाङको लमही–घोराही सडकखन्डस्थित मुसोट ओरालोमा विहीबार भएको यात्रीबहाक बस दुर्घटनामा तीनजनाको मृत्यु भएको छ । घोराहीबाट बुटवल जाँदै गरेको लु२ख ७७६ नम्बरको बस दुर्घटना हुँदा दाङ, सतवरीयाका कृष्णबहादुर शाह, रुकुम घर भइ हाल दाङको सौंडियार बस्ने चित्रबहादुर श्रेष्ठ र प्यूठानको स्वर्गद्वारीकी दउरी बिकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी अरु २४ जना घाइते भएका छन् । घाइते मध्ये १४ जनालाई उपचारका लागि कोहलपुर पठाइएको छ भने बाँकीको राप्ती उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । अत्यधिक गतिका कारण अनियन्त्रित भएर बस दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News