नेपाल टेलिकमले ल्यायो ‘विन्टर अफर’, यस्ता छन् आकर्षक प्याकेज


 


काठमाडौं, पुस २६ । नेपाल टेलिकमले ‘विन्टर अफर २०८०’ अन्तर्गत विभिन्न अफरहरु उपलब्ध गराउने भउको छ ।

टेलिकमले एक विज्ञपित जारी गरेर भोलि (पुस २७ गते) देखि लागू हुनेगरि विभिन्न आकर्षक प्याकेजहरु उपलब्ध गराउने जानकारी गराएको हो ।

यसअघि उपलब्ध गराइएको फोरजी डाटा अफरलाई आकर्षक बनाइएको टेलिकमले जनाएको छ । यसअनुसार एक दिनको समयावधिका लागि रु. १९ को चार सय एमबी डाटा र रु. ३३ मा १२ सय एमबी डाटा उपलब्ध हुनेछ ।

यसैगरि सात दिनको लागि रु १०७ मा पाँच जिबी र २८ दिनका लागि रु. २८९ मा सात जिबी उपलब्ध हुनेछ । स्टे कनेक्टेड प्याक अन्तर्गत पाँच दिनका लागि रु. १०९ मा ६ जिबी डाटा तथा रु. १३९ मा ६ जिबी डाटा र १७० मिनेट अन–नेट भ्वाइस उपलब्ध हुनेछ ।

यसअघि उपलब्ध अलटाइम भ्वाइस प्याक, अनलिमिटेड प्याक, डाटा प्याक, सोसल मिडिया प्याक, स्टे कनेक्टेड प्याक, एसएमएस प्याक, एमटुएम प्याकलगायत विभिन्न आकर्षक प्याकहरुसमेत उपलब्ध हुनेछन् ।

विन्टर अफर अन्तर्गतका विभिन्न प्याक प्राप्त गर्नका लागि ग्राहकहरुले *1415*1# डायल गर्नुपर्नेछ । कम्पनीको नेपाल टेलिकम एपबाट पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ ।

यसैगरि कम्पनीको वेवसाइट www.ntc.let.np मार्फत यस अफर सम्बन्धी विस्तृत जानकारी लिन सकिने टेलिकमले जनाएको छ ।

प्रकाशित मिति: २६ पुस २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्