एनसेलको ‘झट्ट रिचार्ज फ्याट्ट बोनस’मा अब दोब्बर डाटा बोनस


 


काठमाडौं, पुस २७ । एनसेलको रु ५० वा सोभन्दा माथिको रिचार्जमा १००० एमबीसम्मको बोनस डाटा पाइने भएको छ ।

एनसेल आजियाटा लिमिटेडले मंगलबार (पुस २४)देखि लागू हुने गरी ‘झट्ट रिचार्ज फ्याट्ट बोनस’ योजना अन्तर्गत प्रदान गरिँदै आएको डाटा बोनस दोब्बर बनाएको छ ।

यो अफरमा अब ग्राहकले प्रत्येक रिचार्जमा १००० एमबीसम्मको डाटा निःशुल्क प्राप्त गर्न सकिनेछ । यसरी पाइने बोनस डाटा अल टाइम वा राति ११ बजेदेखि अर्को दिनको साँझ ६ बजेसम्म प्रयोग गर्न मिल्नेछ ।

बोनस डाटा रिचार्ज गरिएको समयदेखि २४ घण्टासम्म मान्य रहनेछ। एनसेल सापटीमार्फत प्राप्त ब्यालेन्स र ब्यालेन्स ट्रान्सफरको ब्यालेन्स बाहेक सबै तरिकाबाट गरिएको रिचार्जमा यो बोनस डाटा लागू हुन्छ ।

यसअघि प्रत्येक रिचार्जमा ५०० एमबीसम्म डाटा पाइने गरि यो बोनस डाटा योजना मंसिर २५ बाट संचालनमा ल्याइएको थियो ।

प्रकाशित मिति: २७ पुस २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्