नेपाल बौद्ध महासङ्घको चौथो महाधिवेशन सुरू



काठमाडौँ, पुस ७

नेपाल बौद्ध महासङ्घको चौथो महाधिवेशनका अवसरमा आज बुद्धधर्म तथा दर्शनको प्रचारप्रसार तथा प्रवद्र्धनात्मक कार्यक्रम गरिएको छ ।

यहाँ आज आयोजित कार्यक्रममा गुरु छोकलिङ रिम्पोछेले बौद्ध दर्शन, साहित्य, मानव कल्याणका लागि उपयोगी रहेकाले यसलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा सांसद एंव पूर्व संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री कृपासुर शेर्पाले सबै जाती, भाषा, धर्म संस्कृतिबिच सुदृढ कार्यगत एकता खाँचाे रहेकाे बताउनुभयाे ।

महासङ्घका अध्यक्ष थुप्तेन जिग्डोलले बौद्ध धर्मको हकहित, धर्म दर्शन र संस्कृतिको उचित संरक्षण एवम् संवद्र्धनका लागि क्रियाशील रहँदै आएको सो संस्थाले विभिन्न समयमा मुलुकका विभिन्न ठाउँमा सामाजिक गतिविधि सञ्चालन गरेको जानकारी गराउनुभयो ।

सोही महासङ्घका महासचिव नोर्वु शेर्पाले संस्थाले गर्दै आएका विभिन्न गतिविधिका बारेमा जानकारी गराउँदै गुम्बा शिक्षा, वातावरण तथा नेपालका बौद्ध अनुयायीका अधिकारका लागि अहिलेसम्म गरेका विभिन्न कार्यका बारेमा सहभागीहरुलाई बताउनुभयो ।

कार्यक्रममा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका बौद्धधर्मगुरुको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News