श्रवण मुकारुङलाई जसराज प्रतिभा पुरस्कार


 


काठमाडौँ, पुस ७

कवि तथा प्राज्ञ श्रवण मुकारुङले यस वर्षको जसराज किराती प्रतिभा पुरस्कार पाउने भएका छन् । अग्रज कवि जसराज किरातीको सम्मानमा बेलायत तथा नेपालमा रहेका उनका शुभचिन्तक तथा आफन्तजनद्वारा स्थापित जसराज किराती प्रतिभा पुरस्कार कोषको बिहीबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।

गत वर्षदेखि प्रदान गर्न थालिएको पुरस्कार प्राप्त गर्ने मुकारुङ दोस्रो स्रष्टा हुन् । यसअघि कवि मनु मन्जिलले सो पुरस्कार प्राप्त गरिसकेका छन् । पुरस्कारको राशि नगद ५० हजार रूपैयाँ र ताम्रपत्र रहेको कोषका संयोजक कवि तथा कथाकार रक्ष राईले जानकारी गराए ।

प्रकाशित मिति: ७ पुस २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्