कोरियन भाषा परीक्षाको मिति सर्यो


 


काठमाडौँ, माघ २ । रोजगार अनुमति प्रणाली ‘ईपीएस’ कोरियाको भाषा परीक्षाको मिति सरेको छ । जनवरी २० मा ईपीएस कोरियाको ‘मेन्युफ्याक्चरीङ’ तर्फको हुने परीक्षाको कार्यतालिका सरेको हो ।

ईपीएस ‘मेन्युफ्याक्चरीङ सेक्टर’ तर्फको परीक्षा फेब्रुअरी ६ मा हुने गरी परीक्षा सारिएको वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरेले जानकारी दिए । उनले प्राविधिक समस्याका कारण केही ई–मेलमा समस्या आएकोले केही समय परीक्षाको मिति सारिएको बताए ।

उनका अनुसार अहिलेसम्म आवेदन दिएका १ लाख ६४ हजार जनाको विवरण भेरीफाई गर्न समय लाग्नेछ । कोरिया जान गत डिसेम्बर महिनामा खुलेको ‘मेन्युफ्याक्चरीङ सेक्टर’ तर्फ १ लाख ६४ हजार ७१६ जनाले आवेदन दिएका छन् ।

प्रकाशित मिति: २ माघ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्