कम्प्युटरका विद्यार्थी, कम्प्युटर छुन त के देख्न पनि पाएका छैनन्



काठमाडौं, पुस ८
जाजरकोट खलंगास्थित त्रिभुवन माध्यमिक विद्यालयमा आठ कक्षामा अध्ययनरत आशा विश्वकर्माले कम्युटर पढ्न थालेको तीन वर्ष भयो, तर उनले कम्युटर छुन त के देख्न पनि पाएकी छैनन् ।

‘पाठ पढ्छौं, प्राक्टिकल नम्बर सरले त्यसै दिनुहुन्छ ।’ आशाले भनिन्, ‘अहिलेसम्म कम्युटर छुनै पाएको छैन ।’ आशा मात्रै होइनन्, उक्त विद्यालयमा अध्ययनरत तीन सय विद्यार्थीमध्ये कसैले पनि कम्युटरको प्रयोगात्मक अभ्यास गरेका छैनन् ।

२०६९ सालदेखि सरकारले ६देखि ८ कक्षासम्म ऐच्छिक विषयका रुपमा कम्युटर राखे पनि विद्यालयहरुमा कम्युटर पुगेको छैन ।

कम्युटर नभएका कारण विद्यार्थीलाई पाठ पढाएकै भरमा परीक्षा लिनु पर्ने स्थिति भएको शिक्षकहरुको भनाई छ । आजको अन्नपूर्ण पोस्ट् दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News