चितवनमा ३ हजार भन्दा बढी भूकम्प पीडित थपिए



चितवन, पुस ८

चितवनमा ३ हजार भन्दा बढी भूकम्प पीडित थपिएका छन् । हालै सुरु भएको भूकम्प पीडितको पुन लगत संकलनका क्रममा ३ हजार ३ जना भुकम्प पीडितको निवेदन थपिएको हो ।

सामान्य क्षति सहित गरी यसअघि चितवनमा १५ हजार ७ सय ४९ भूकम्प पीडितको तथ्यांक आएको थियो। त्यसमा पूर्ण क्षति भएका घरको संख्या ३ हजार ७ सय २५ रहेको थियो।

तर, अहिले भुकम्प पीडितहरुको निवेदन थपिएको छ।  चितवनका स्थानीय विकास अधिकारी तथा जिल्ला विपद व्यवस्थापन समितिका सदस्य सचिव श्रवणकुमार पोखरेलले गाउँगाउँमा नगरपालिका र गाविसमार्फत गरिएको पुनलगत संकलनको क्रममा भुकम्प पीडितले क्षतीको विवरण पेश गरेको जानकारी दिए।

विवरणको इन्जिनियर सहितको टोलीले घरघरमै पुगेर पुन मुल्यांकन गर्ने र भूकम्प पीडित हो की होइन भनेर पहिचान गर्ने जिल्ला तथ्यांक कार्यालय चितवनका प्रमुख तथा विवरण संकलन कार्यक्रमका संयोजक जीवनाथ आचार्यले बताए।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News