पेस्तोलसहित तीनजना पक्राउ


 


महोत्तरी ,पुस ८

महोत्तरीको गौशाला नगरपालिका–९ बाट प्रहरीले नलकटुवा पेस्तोलसहित तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको गौशाला नगरपालिका–९ बस्ने गुदर महतो, रामकेवल महतो र वडा नम्बर १० बस्ने राजेन्द्र साह रहेका छन् ।

गुदर महतोले सञ्चालन गर्दै आएको कुखुरा फार्ममा अवैध हतियार लुकाइराखेको गोप्य सूचनाका आधारमा गएको प्रहरी निरीक्षक शम्भु पोखरेलको टोलीले गएराति उनीहरुलाई हतियारसहित नियन्त्रणमा लिएको हो ।

फार्ममा प्लास्टिकको झोलामा बेरेर जमिनमा सुख्खा माटोले छोपेर एक थान नलकटुवा पेस्तोल लुकाइराखेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरी निरीक्षक पोखरेलले बताए ।

उनीहरुलाई आज आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरी लगिएको प्रहरीले जनाएको । घटनाबारे थप अनुसन्धान भईरहेको पोखरेलले बताएका छन  ।

प्रकाशित मिति: ८ पुस २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्