भाेलि सार्वजनिक बिदा


 


काठमाडाैं, पुस ९

सरकारले भोलि आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ । मन्त्रीस्तरीय निर्णयबाट क्रिसमस डेको अवसरमा विदा दिने निर्णय भएको हो ।

राष्ट्रिय ख्रिष्टियन महासंघले निरन्तर सार्वजनि विदा दिनुपर्ने माग राख्दै आएपछि सरकारले विदा दिने निर्णय गरेको छ ।

यस अघि राजपत्रमा प्रकाशित सार्वजनिक विदा सूचिमा भोली क्रिष्टियन धर्मालम्बीहरुलाई मात्र विदा दिने नीति लिएको थियो ।

प्रकाशित मिति: ९ पुस २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्