जुकरबर्गले बालबालिकामा परेको असरप्रति माफी मागे


 


काठमाडौं, माघ १८ । फेसबुकको मातृ कम्पनी मेटाका सीईओ मार्क जुकरबर्गले सामाजिक सञ्जालबाट बालबालिकामा परेको नकरात्मक असरप्रति माफी मागेका छन् ।

जुकरबर्गले सामाजिक सञ्जालको प्रयोगले आफ्ना बालबालिकालाई असर गरेको भन्दै बालबालिकाका परिवारसँग माफी मागेका हुन् ।

उनले आफ्ना बच्चाहरूको तस्वीर राख्ने अभिभावकसँग अमेरिकी सिनेटमा भएको सुनुवाइका क्रममा माफी मागेका हुन् ।

सिनेट सदस्यहरुले जुकरबर्गसहित अन्य सामाजिक सञ्जालहरु टिकटक, स्न्याप, एक्स र डिस्कर्डका मालिकहरूसँग बालबालिकामा हुने हानी रोक्न उनीहरू के गर्दैछन् भनेर प्रश्न गरेका थिए ।

विभिन्न प्रलोभनमा पारेर सामाजिक सञ्जालमार्फत बालबालिकाका यौन शोषणमा पर्ने गरेको, उनीहरुलाई नग्न तस्वीर शेयर गर्न लगाउने र पछि ब्ल्याकमेल गरी पैसा माग्ने र बालबालिकाहरू आत्महत्या गर्न बाध्य हुनेसम्मका घटना हुने गरेको सिनेटरहरले बताएका थिए ।

प्रकाशित मिति: १८ माघ २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्