राष्ट्रिय जीवन बीमा कम्पनीको नयाँ बोनसदर घोषणा


 


काठमाडौं, माघ २५ । राष्ट्रिय जीवन बीमा कम्पनीले नयाँ बोनसदर घोषणा गरेको छ ।

कम्पनीले आर्थिक वर्ष २०६७/६८ देखि आव २०६९/०७० सम्मको इन्फोर्स पोलिसी बीमा प्राधिकरणबाट स्वीकृत भएपछि बोनसको दर घोषणा गरेको हो ।

कम्पनीले सञ्चालनमा ल्याएको मुनाफामा सरिक हुने गरी जारी गरेको सबै प्रकारको बीमालेखहरुमा प्रतिहजार प्रति वर्ष ६५ रुपैयाँ बोनसदर दिने घोषणा गरेको हो ।

कम्पनीको (साविक राष्ट्रिय बीमा संस्थान)को आर्थिक वर्ष २०६७/६८ देखि आर्थिक वर्ष २०६९/७० सम्म कायम रहेको जम्मा बीमालेख संख्या १ लाख ६२ हजार ७२१ को आर्थिक स्थितीको लेखाजोखा र दायित्व मुल्याङ्क सम्बन्धी बीमाङ्कीय मूल्याङ्क प्रतिवेदन प्राधिकरणबाट माघ १७ गते स्वीकृत भएको छ ।

प्रकाशित मिति: २५ माघ २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्