रोमानियाले यसवर्ष रोजगारीका लागि २० हजार नेपालीलाई लैजाने


 


काठमाडौँ, माघ २५ । रोमानियाले यसवर्ष वैदेशिक रोजगारीका लागि २० हजार नेपालीलाई लैजाने भएको छ ।

रोमानियाले सन् २०२४ का लागि विभिन्न क्षेत्रमा काम गर्नका लागि नेपाली कामदार माग गरेको हो ।

हाल ६ हजार जनालाई रोजगारीका लागि आएका मागपत्रहरू प्रमाणीकरण गरिएपछि यो वर्षभित्रमा २० हजार श्रमिकलाई रोजगारका लागि माग गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता राजिव पोखरेलले बताए ।

यूरोपेली मुलुक, रोमानिया नेपाली श्रमिकहरुका लागि आकर्षित र सुरक्षित श्रम गन्तव्यको रुपमा रहँदै आएको छ ।

हाल रोमानियामा नेपाली श्रमिकहरू व्यक्तिगत श्रम स्वीकृति लिई एजेण्टहरूलाई लाखौं रूपैयाँ तिरेर रोजगारीका लागि जाने गरेका छन् ।

प्रकाशित मिति: २५ माघ २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्