हिमालयन रि–इन्स्योरेन्सको लाभांश घोषणा


 


काठमाडौं, माघ २६ । हिमालयन रि–इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्ष ०७९/८० को लाभांश प्रस्ताव गरेको छ ।

बिहीबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा चार प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि शून्य दशमलव २१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

हाल कम्पनीको चुक्तापूँजी १० अर्ब छ । चार प्रतिशत बोनस शेयर वितरणपछि कम्पनीको चुक्तापूँजी १० अर्ब ४० करोड कायम हुनेछ ।

प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति पछि कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण हुनेछ ।

गत पुस ११ गते सर्वसाधारणमा आईपीओ बाँडफाँट गरेको कम्पनीले पहिलो वर्षनै लाभांश वितरण गर्न लागेको हो ।

प्रकाशित मिति: २६ माघ २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्