अाजकाे राशिफल



अाज मिति वि.सं. २०७३ साल पुस १२ गते मंगलबार। इश्वी सन् २०१६ डिसेम्बर २७ तारिख। शकसंवत् १९३८। सौम्य संवत्सर। दक्षिणायन। हेमन्त ऋतु। नेपाल संवत् ११३७ थिंलागा। पौष कृष्णपक्ष। तिथि– त्रयोदशी, ८:३८ बजेउप्रान्त चतुर्दशी। तपार्इकाे अाजकाे राशिफल हेर्नुहाेस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सहि समयमा सहि निर्णय लिन सक्ने क्षमताले कामहरु सफल हुनेछन । रोकिएका कामहरू सुचारु हुनेछन । समुदायको भलाइ हुने काम सम्पादन गर्न सकिनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) स्वास्थ्यमा गडबडी हुनेछ । सुखदुखमा साथ दिनेहरू प्रशस्तै फेला पर्नेछन । रोकिएका अधुरा काम बन्नुका साथै नयाँ काम सुरु हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) सुरुआत रमाइलो रहनेछ । प्रियजनसँगको भेटघाटले मन प्रसन्न रहनेछ । आम्दानी धेरै भए पनि खर्चको मात्रा बढ्ने देखिन्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) पुराना समस्या सुल्झनुका साथै आर्थिक स्थितिमा सुधार आउनेछ । सहयोगीहरू जुट्नेछन भने सेवामूलक काममा उत्साहित भइनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) पारिवारिक सम्बन्धमा सुधार आउनेछ । प्रियजनसँगको भेटघाटले मन प्रसन्न रहनेछ । परिबन्धले केही समस्या निम्त्याउन सक्छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) धेरैले तपाइको मेहनतको प्रसंसा गर्नेछन । मेहनतले आम्दानीको दिगो स्रोत जुट्न सक्छ । व्यवसायमूलक भ्रमण गर्ने समय छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) लगनशीलताले महत्वपूर्ण काममा सफलता मिल्नेछ । सामाजिक नाम, दाम र सम्मान प्राप्त हुने योग रहेकोछ । प्रतिष्ठित बिबाद बढ्ने देखिन्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) पुराना समस्याको समाधान हुनेछ । समाजमा मानसम्मान र प्रतिष्ठामा वृद्धि हुनेछ । लेनदेनमा विवाद बढ्नेछ भने मन खिन्न रहनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आस मारेको काम बन्नाले काम गर्ने हौसला र उत्साह बढ्नेछ । पढाई लेखाइमा प्रगति हुनेछ । महत्वपूर्ण काममा अवरोध आउनाले मन खिन्न रहनेछ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) हिम्मतले काम लिँदा प्रतिस्पर्धीहरू पछि हट्न सक्छन । पारिवारिक सहयोगले अप्ठयारो परिस्थितिलाई सहज तुल्याउन सक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) परोपकारी काममा रुची बढ्नेछ । मेहनत गरे अफ्ट्यारो काममा पनि सफलता मिल्नेछ । पढाई लेखाइमा सन्तोषजनक सफलता मिल्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) साथीभाईसंग भेटघाट हुनेछ भने मन खुसि रहनेछ । अभिभावकसँग संयमतापूर्वक व्यवहार गर्नुहोला । स्वास्थ्यमा समस्या देखिनेछ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News