दुर्घटनामा १ जनाको मृत्यु


 


चितवन, पुस १२

चितवनको नारायणगढ मुग्लिन सडक अन्तरगत चण्डिभञ्याङ ६ कालिखोलामा मंगलबार विहान भएको बस दुर्घटनामा १ जनाको मृत्यु भएको छ। अन्य २६ यात्रु घाइते भएका छन्।

घाइतेमध्ये तीन जनाको अबस्था गम्भीर रहेको जिल्ल प्रहरी कार्यालय चितवनका प्रमुख तथा प्रहरी उपरीक्षक दिपक थापाले जानकारी दिए। गम्भीर घाइते हुनेहरुमा भारतको विहार सितामडीका बर्ष १९ का मनोजकुमार कुसहवा, सर्लाही पिपरिया गाविस ३ बस्ने बर्ष २१ का रामविश्वास पण्डित र सर्लाहीकैे वर्ष ५५ को नागेन्द्रराज यादव छन्।

काठमाडौंबाट मलंगवाका लागि आउँदै गरेको ना ४ ख ५४४२ नम्वरको बस गएराति करिव १ बजेको समयमा दुर्घटनामा परेको थियो। गाडी सडकबाट करिब १०० मिटर तल खसेर भीरमा अड्किएको प्रहरीले जनाएको छ।

घाइतेहरुको अहिले चितवन मेडिकल कलेजमा उपचार भैरहेको प्रहरीले जनाएको छ। गाडी अनियन्त्रित भएर दुर्घटना भएको जानकारी आएपनि दुर्घटनाको कारण नखुलेको र अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १२ पुस २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्