क्यानले गर्‍यो भूकम्प पीडितलाई २० लाख सहयोग


 


काठमाडौं, फागुन १२ । नेपाल क्रिकेट संघ ९क्यान०ले जाजरकोट भूकम्प पीडितका लागि २० लाख सहयोग गरेको छ ।

क्यानले आईसीसी टी-२० विश्वकप-२०२४ को एसिया छनोटअन्तर्गत नेपाल र ओमानबीच भएको फाइनल खेलको टिकट बिक्रीबाट प्राप्त ५० प्रतिशत रकम शनिबार प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा जम्मा गरेको हो ।

गत कात्तिक १७ गते जाजरकोटको रामिडाँडालाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिममा ठूलो मानवीय क्षति पुरयाएका थियो ।

प्रकाशित मिति: १२ फाल्गुन २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्