अाजकाे राशिफल


 


अाज मिति वि.सं. २०७३ साल पुस १३ गते बुधबार। इश्वी सन् २०१६ डिसेम्बर २८ तारिख। नेपाल संवत् ११३७ थिंलागा। पौष कृष्णपक्ष। तिथि– चतुर्दशी, १०:३८ बजेउप्रान्त औंसी। तपार्इकाे अाजकाे राशिफल हेर्नुहाेस्;

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) बौद्धिक काममा सफलता मिल्नेछ । मेहनतले गुमेको प्रतिष्ठा दिलाउन सक्छ । अध्ययन अध्यापनमा प्रगति हुनेछ । बैदेशिक यात्राको योग रहेको छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) सुरुमा मनले सोचेको कामहरु पूरा हुनेछन भने विभिन्न अवसर पनि जुट्न सक्छन । प्रयत्न गर्दा विदेशयात्राको अवसर समेत जुट्न सक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) पढाइ लेखाइमा प्रगति हुनेछ । टाढाको यात्रा गर्ने अवसर मिल्नेछ । आर्थिक पक्ष सबल बन्नेछ । बोलीमा सुधार नगरे धेरै झमेला खेप्नुपर्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) प्रयास गर्दा प्रतिस्पर्धीहरू पछि पर्न सक्छन । अरूको सहयोगले महत्वपूर्ण काम सफल हुन सक्छ । साझेदारी कामबाट टाढा रहदाँ उचित हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मित्रहरूको सहयोगले हौसला मिल्नेछ । नयाँ काममा हात हाल्ने अवसर प्राप्त हुनेछ । पहिलेको सफलताले काममा प्रेरणा मिल्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) सोचेको आटेको काममा सफलता मिल्नेछ । बोलीको प्रभाव बढ्नेछ भने सरल जीवनशैलीले धेरैलाई आकर्षित गर्न सकिनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) शत्रुहरु पराजित हुनेछन । मन मिल्ने साथी भेटिनुका साथै प्रेम बन्धनमा पर्ने सम्भावना देखिन्छ । मनोरञ्जनका लागि खर्च बढ्न सक्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) हिम्मतले काम लिनेहरूलाई भने फाइदै हुनेछ । आर्थिक स्थितिमा सुधार आउनाले कामका बाधाहरू हटेर जानेछन । स्वास्थ्यमा समस्या देखिनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) काममा विभिन्न अवसरहरु प्राप्त हुनेछ । बुद्धिको उपयोगले ब्यापार ब्यबसायमा फाइदा मिल्नेछ । लेनदेनमा विवाद बढ्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) मेहनत गर्दा काममा सफलता मिल्नेछ । पढाइ लेखाइमा प्रगति गर्न सकिनेछ । नयाँ काममा हात हाल्ने समय आएको छ । मन प्रसन्न रहनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) टाढिएका आफन्तहरू नजिकिनेछन । परिवारको सहयोगमा महत्वपूर्ण कामको थालनी हुनेछ। अरूको भरपर्दा केही समस्या आउन सक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) रोकिएका अधुरा कामहरु सुचारु हुनेछन । परिवारजनसँगको सम्पर्कले मनमा आनन्द मिल्नेछ । सोचे भन्दा खर्च धेरै हुनेछ ।

प्रकाशित मिति: १३ पुस २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्