नामिबियाविरूद्ध स्पिनरलाई नखेलाउनुको कारण के हो ?


 


काठमाडौं, फागुन १५ । नामिबिया, नेदरल्यान्ड्स र नेपालबीचको टी-२० सिरिज पहिलो खेलमा नेपाल मंगलबार नामिबियासंग २० रनले पराजित भएको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा नामिबियाले निकोल लेफ्टी इटनले विश्व कीर्तिमानी शतकसंगै दिएको २०७ रनको लक्ष्य नेपालले भेटाउन सकेन ।

इटनले यो खेलमा ३३ बलमा शतक प्रहार गर्दै विश्व कीर्तिमान बनाए । उनले नेपालका कुशल मल्लले मंगोलियाविरूद्ध ३४ बलमा शतक प्रहार गरेर बनाएको विश्व कीर्तिमान भंग गरे ।

नेपालले आज पहिलोपटक स्पिनरलाई खेलाएन । बरु पार्टटाइमको रूपमा कुशल मल्ल, कप्तान रोहितकुमार पौडेल र दीपेन्द्रसिंह ऐरीले बलिङ गरे । तीव्र गतिका बलर गुल्सन झा, करण केसी र सोमपाल कामीले बलिङ गरे ।

अघिल्ला एक दिवसीय खेलमा खेलमा प्रमुख स्पिनरको रूपमा खेलेका ललितनारायण राजवंशी मंगलबार बेञ्चमा राखियो ।

यस विषयमा नेपालका कप्तान रोहितकुमार पौडेलले नामिबियाको ब्याटिङ अडरलाई मध्यनजर गर्दै विशेषज्ञ स्पिनरलाई नखेलाएको भन्द्यै आफ्नो बचाउन गरे । उनले भने, ‘उनीहरूको धेरै ब्याटर लेफ्टी थिए । त्यसैकारण स्पिनरलाई खेलाएनौं तर योजना सफल भएन ।’

प्रकाशित मिति: १५ फाल्गुन २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्