आज एकैदिन संघीय संसद्‌का ६ वटा समितिका बैठक बस्दै



काठमाडौं । संघीय संसद्‌का ६ वटा समितिका बैठक आज बस्दैछन् ।

बैठकहरु संघीय संसद् सचिवालय सिंहदरबारमा बिहान ११ बजेबाट बस्न सुरु हुनेछन् ।

संसद् सचिवालयका अनुसार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानुन, न्याय तथा मानव अधिकार समिति, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्नेछन्।

विधायन व्यवस्थापन समितिको बैठक दिउँसो ४ बजे बस्नेछ ।

प्रकाशित मिति: २० फाल्गुन २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्