अध्यक्ष ओलीका लागि बनाइएको माला उपाध्यक्ष पौडेलको घाँटीमा


 


जनकपुरधाम, फागुन २० । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकास्थित महेन्द्रनगरमा जारी प्रथम राष्ट्रिय महिला हक्की प्रतियोगिताको समापनका लागि एमाले अध्यक्ष केपी शर्मा ओली आउने कार्यक्रम थियो । उहाँको स्वागतका लागि दुई सय किलोको माला उनेर राखेको थियो ।

अध्यक्ष ओली यहाँ नआएर उपाध्यक्ष पौडेल आउने कार्यक्रम तय भएपछि सोही मालाले उपाध्यक्ष पौडेललाई स्वागत गरिएको (नेकपा) एमाले जनकपुरधाम नगर कमिटी अध्यक्ष सुरेन्द्र भण्डारीले जानकारी दिनुभयो । एमाले जनकपुरधाम उपमहानगर कमिटीले माला तयार गरेको थियो ।

“अध्यक्ष कमरेड आउने भनेपछि हामीले माला उनेका थियौँ । मौसम खराबीका कारण आउनसक्नु भएन् । उहाँको सट्टमा उपाध्यक्ष पौडेललाई लगाइदियौँ”, नगर अध्यक्ष भण्डारीले भन्नुभयो ।

फागुन १४ गतेदेखि सुरूभएको प्रथम मदन भण्डारी कप राष्ट्रिय महिला हक्की प्रतियोगिताको आज समापन हुँदैछ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो ।

प्रकाशित मिति: २० फाल्गुन २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्