सत्ता गठबन्धनको बैठक बस्दै, यस्ता छन् एजेण्डा


 


काठमाडौँ । सत्ता गठबन्धनको बैठक आज बिहान बस्दैछ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बिहान ८ बजेका लागि सत्ता गठबन्धनको बैठक बोलाएका हुन् ।

बैठकमा मन्त्रिपरिषद् हेरफेर, टीआरसी विधेयक, राष्ट्रियसभा अध्यक्षको निर्वाचन लगायतका विषयमा छलफल हुने बतायएको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यस विषयमा पार्टीका मन्त्रीहरुसँग आइतबार साँझ छलफल समेत गरेका थिए ।

प्रकाशित मिति: २१ फाल्गुन २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्