प्रतिनिधिसभा बैठक बस्दै, के छ सम्भावित कार्यसूचीमा ?


 


काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्दैछ ।

संघीय संसद्‌ भवन नयाँ बानेश्वरमा बैठक बिहान ११ बजे बोलाइएको छ ।

संघीय संसद्‌ सचिवालयका अनुसार आजको बैठकमा महिला तथा सामाजिक मामिला समितिका सभापति किरणकुमार साहले ‘महिला तथा सामाजिक मामिला समितिको प्रतिवेदन आ.व. २०७९/८०’ पेश गर्ने कार्यसूची रहेको छ ।

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ‘राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

आ.व. २०८१ /८२ का लागि बिनियोजन विधेयकका सिद्दान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल प्रारम्भ गर्ने महासचिव पद्मप्रसाद पाण्डेयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति: २१ फाल्गुन २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्