स्वास्थ्यलाभको कामना गर्न प्रधानमन्त्री दाहाल माधव नेपाल निवासमा


 


काठमाडौँ, २१ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको स्वास्थ्यलाभको कामना गर्न सोमबार साँझ उहाँको निवास कोटेश्वर पुग्नुभएको छ ।
केही दिनदेखि बिरामी भएर घरमा आराम गरिरहनुभएका अध्यक्ष नेपाललाई प्रधानमन्त्री दाहालले कोटेश्वर निवास पुगेर स्वास्थ्यलाभको कामना गर्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो ।

प्रधानमन्त्री दाहालका साथमा नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि अध्यक्ष नेपालको निवास कोटेश्वर पुग्नुभएको थियो ।

प्रकाशित मिति: २१ फाल्गुन २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्