मन्त्रालयको भागबन्डा टुंग्याउन नयाँ गठबन्धनको बैठक बस्दै


 


वकाठमाडौं । नयाँ सत्ता गठबन्धनमा मन्त्रालय भागबन्डाका लागि आज बैठक बस्दैछ ।

मन्त्रालयको टुंगो लगाउन दिउँसो २ बजे गठबन्धनको बैठक बस्न लागेको हो । गठबन्धनबाट शंकर पोखरेल, वर्षमान पुन, स्वर्णिम वाग्ले र राजेन्द्र श्रेष्ठले मन्त्रालयको भागबन्डा गर्नेछन् ।

नयाँ सत्ता समीकरणसँगै प्रधानमन्त्री प्रचण्डले सोमबार पुराना सबै मन्त्रीलाई बर्खास्त गरेर ४ सदस्यीय नयाँ मन्त्रिपरिषद् गठन गरेका छन् ।

सोमबार एमालेका पदम गिरी, माओवादीका हितबहादुर तामाङ र रास्वपाका डीपी अर्यालले बिनाविभागीय मन्त्रीको शपथ खाएका थिए ।

प्रकाशित मिति: २२ फाल्गुन २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्