नेपाल निवासमा प्रचण्ड र ओली


 


काठमाडौं, २२ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको निवासमा पुगेका छन् ।

प्रचण्ड र ओलीसँगै एमालेका उपाध्यक्ष विष्णु पौडेल पनि माधव नेपालको निवासमा पुगेका छन् ।

नेपाली कांग्रेस नेतृत्वको गठबन्धन तोडेर प्रचण्ड एमालेतिर लागेपछि एकीकृत समाजवादीले कुनै निर्णय गरिसकेको छैन । हिजो पनि नेपाल निवास कोटेश्वरमा पुगेर प्रचण्डले सरकारमा आउन आग्रह गरेका थिए भने ओलीले फोन गरेर कुराकानी गरेका थिए ।

प्रचण्डले कांग्रेस नेतृत्वको गठबन्धन छाडेर नयाँ समीकरण बनाएपछि वामपन्थी एकताको पहल थालेका छन् ।

प्रकाशित मिति: २२ फाल्गुन २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्