मधेसी मोर्चाको बैठक बस्दै


 


काठमाडौं, पुस १४
संयुत्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठक आज बस्दै छ । बिजुली बजार स्थित तमलोपाको पार्टी कार्यलयमा बिहान ११ बजे बस्ने बैठकमा समसामयी राजनितिक बिषयमा छलफल हुनेछ ।

बैठकले संबिधान संसोधन बिधेयक ,स्थानीय निकाय लगायतका बिषयमा छलफल गरी मोर्चाको पछिल्लो आधिकारीक धारणा तय गर्ने छ ।

सद्भावनाका महासचिव मनिस सुमनका अनुसार बैठकले संबिधान संसोधनमाथि भईरहेको ढिलाईबारे समिक्षा गर्दै त्यसलाई अघि बढाउन अपनाक्ष्ईने रणनीति पनि तय गर्ने छ ।

सत्तारुढ दल काग्रेस र माओवादी केन्द्रले स्थानीय निकायको निर्वाचनमा सहमतीमा आउन आग्रह गरेपनि मधेसी मोर्चाले भने पहिले संसोधन प्रस्तावको टुङ्गो लगाउनु पर्नेमा जोड दिएका छन् ।

संबिधान संसोधन र स्थानिय निकायको निर्वाचनका बिषयलाई एकैसाथ अघि बढाउनेबारे मोर्चाले आज ठोस धारणा तय गर्ने महासचिव सुमनले जानकारी दिए ।

प्रकाशित मिति: १४ पुस २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्