यस कारण काठमाडौंमा विहीबार बिहान गयो बत्ती



काठमाडौँ, पुस १४

मर्स्याङ्दी–स्युचाटार १३२ केभी प्रसारणलाइनमा आएको खराबीका कारण राजधानी काठमाडौं र आसपासको क्षेत्रमा अवरुद्ध भएको विद्युत् प्रसारण पुनः सुरु भएको छ । प्राधिकरणले कुलेखानी–स्युचाटार प्रसारणलाइनमार्फत् विद्युत् उपलब्ध गराएर विद्युत् नियमित गरेको जनाएको छ ।

विहीबार बिहान ७: २० बजे एकाएक मर्स्याङ्दी–स्युचाटार प्रसारणलाइनको जम्पर तार टुट्न गइ राजधानीमा साढे दुई घन्टा विद्युत् अवरुद्ध हुन पुगेको थियो । प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीका अनुसार प्राविधिक टोली तार टुटेको स्थानमा पुगी मर्मतकार्य अगाडि बढाइसकेको छ । वैकल्पिक उपायकारुपमा कुलेखानीको सप्लाइ युनिटबाट विद्युत्सेवा सन्चालन गरिएको उनले जानकारी दिए 

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News