स्थानीय तहको निर्वाचन मिति तोक्ने सरकारको तयारीप्रति मधेसी मोर्चाको आपत्ति



काठमाडौँ, पुस १४

स्थानीय तहको निर्वाचन मिति तोक्ने सरकारको तयारीप्रति मधेसी मोर्चाले आपत्ति जनाएको छ। बिजुलीबजारस्थित तराई मधेस लोकतान्त्रिक पार्टीको कार्यालयमा बिहीबार बसेको मोर्चाको बैठकले  निर्वाचनको मिति तोक्ने सरकारको तयारीमा असन्तुष्टी व्यक्त गरेको हो ।

स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवदेन अपुरो रहेको मोर्चाको भनाई छ। संविधान अनुसार विशेष संचरचित क्षेत्र, स्वायत्त क्षेत्र निर्धारण नगरी आयोगले प्रतिवेदन ल्याएको भन्दै मोर्चाले आपत्ति जनाएको छ। सरकारले निर्वाचनको मिति घोषणा गर्न तयारी गरेपछि मोर्चाले संघर्षको कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको छ। शुक्रबार पत्रकार सम्मेलन गरी आफ्ना कार्यक्रम सार्वजनिक गरिने  वृशेषचन्द्रलालले बताए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News